काठमाडौं ।
सुर्खेतका चर्चित लोक गायक सुकदेव अधिकारी र सुमधुर स्वरकी धनी मेलीना राईको स्वर रहेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युवमार्फत सार्वजनिक भएको हो ।
भिडियोमा पनि चर्चित मोडलहरुले अभिनय गरेका छन् । रुद्र जिएमको लय–शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्णप्रिय सुनिएको छ ।
म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् ।
नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।