राजन केसी, दाङ ।
गायक हरि गिरी विमर्शी को नयाँ गीत ओए भन्यो मायाले सार्वजनिक भएको छ। सार्वजनिक भएको गीत एकदिन मै ट्रेन्डिङमा पर्न सफल भएको छ । उक्त गीत Eerest motion picture नामक च्यानलबाट सार्वजनिक गरिएको छ।
गीत संगीतको क्षेत्रमा विगत लामो समयदेखि आबद्ध रहेका गिरीले पहिलो पटक आशा लाग्दो गीत आफूले बजारमा ल्याएको बताएका छन् । आफूले सिर्जना गरेको गीतले छोटो समयमा नै धेरैको मन जित्न सफल हुँदा आफूलाई गित,संगीत क्षेत्रमा काम थप उर्जा प्राप्त भएको बताए ।
हरि गिरी विमर्शी र बबिना किराँतीको स्वरमा सजिएको गीतको शब्द सिर्जना गिरि स्वयम् आफैले गरेका छन् । गीतमा चर्चित हास्य कलाकार सागर लम्साल बले र करुणा श्रेष्ठको अभिनय रहेको छ ।गीतलाई राजिभ समारले निर्देशन गरेका छन् ।