सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वामित्र संज्याललाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा संज्याललाई नियुक्त गरेको हो ।
त्यस्तै सामाजिक विकास मन्त्रालय खेलकुद परिषद्का उपाध्यक्षमा सुर्खेत विरेन्द्रनगर नगरपालिकाका प्रमोद हमाल नियुक्त भएका छन् ।
सदस्यमा हुम्ला सर्केगाड ५ का टक्क बहादुर शाही, जुम्ला ७ का सरोज शाही, सिद्धकुमाख २ सल्यानका भुमा कुमारी बुढाथोकी,जाजरकोट भेनपा ९ का मोहन राज घर्ती र दैलेख नारायण नपा ८ का हेमा खड्का नियुक्त भएका छन् ।
कर्णाली प्रदेश खेलकुद परिषद्मा नियुक्त भएका संज्याल को हुन् ?
कर्णाली प्रदेश खेलकुद परिषद्मा नियुक्त भएका संज्याल राष्ट्रिय खेलकुद परिषद्का पूर्व इन्जिनियर हुन् । कालीकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ निवासी सञ्ल्यालको जन्म वि.सं. २०३७ साल फागुन २८ गते बुवा धनप्रसाद र आमा बुचिदेवी सञ्ज्यालको कोखबाट भएको हो ।
विद्यालय स्तरको पढाईदेखि नै तिक्ष्ण सञ्ल्यालले प्राकृतिक श्रोत व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । राष्ट्रिय खेलकुद परिषदमा ८ बर्ष काम गरेका उनले अमेरिका,चीन,जापान, भारत लगायतको भ्रमण गरेका छन् । उनले खेलकुदको क्षेत्रमा राष्ट्रिय,अन्तराष्ट्रिय स्तरमा निर्माण भएका भौतिक संरचनाको समेत अध्ययन गरेका छन् ।
सानैदेखि कम्युनिष्ट राजनीतिमा आबद्ध संज्याल पश्चिमाञ्चल इञ्जिनियरिङ्ग क्याम्पस पोखरामा अनेरास्ववियुको नेतृत्व सम्हाल्दै २०६३ मा गठन भएको प्राइभेट कलेजमा अखिल क्रान्तिकारीको नेतृत्वमा पुगेका थिए ।
हाल नेकपा निकट इञ्जिनियरहरुको पेशागत संगठनको जिल्ला कमिटिमा आबद्ध सञ्ज्यालले राष्ट्रिय,अन्तराष्ट्रिय स्तरमा खेलकुदका लागि निर्माण भएका भौतिक संरचनाहरु सर्भे गरेका छन् । नेपालका राष्ट्रिय र क्षेत्रिय खेलकुद संरचना निर्माणमा समेत सञ्ल्यालको महत्वपूर्ण भूमिका रहेको छ ।