दैलेख । दलित अधिकारकर्मी तिर्थ सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको वताएका छन् ।
नेपाल दलित मुक्ती संगठन दैलेखको जिल्ला भेलामा बोल्दै सुनारले विकसित देशहरुमा जात, धर्मको मतलब नरहने तर नेपालमा शासकहरुले चलाएको जात धर्मको परिपाटीले दलित पछि परेका वताए ।
अब दलितहरु एक भएर लाग्नुको बिकल्प नरहेको सुनारले स्पस्ट पारे ।
अब कसैको आश,भरोसा र कुनै पार्टी तथा संगठनको पछि लाग्नुभन्दा दलीतहरु ब्यक्तिगत रुपमा अग्रसर हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा बोल्दै सुनारले सभामा एक बोल्ने र घरमा छुट्टै व्यबहार गर्ने मानिसहरु विशेष समस्याको रुपमा रहेको वताए ।