सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा समाजसेवी तिर्थ सुनारले दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ की २१ वर्षीया सुनिता विकको शंकास्पद मृत्यु भएको भन्दै दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
एकपछि अर्को गर्दै महिला माथि हिंसा भइरहेका भन्दै सुनारले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन् । नेता सुनारले यस्ता घटनामा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउन जरुरी रहेको बताउँदै घटनामा संलग्न जो कोहीलाई पनि कार्वाही गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार बिहान साढे १० बजे बाख्रा चराउन भन्दै घरबाट हिँडेकी सुनिता अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् । उनको मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिएका थिए ।
सुनिताको घर गुराँस गाउँपालिका –१ सेफ्टीमा हो । श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले विगत ६ महिना देखि माइतिको घरमा बस्दै आएकी थिइन् ।