सुर्खेत
हुम्लाको सिमकोट गाउँपालिका ७ डाँडाफयामा मोवाइल साटेको विषयलाई लिएर अनैतिक सम्बन्ध राखेको आरोपमा गाउँलेले दुई जनालाई कपाल मुडेर जुत्ताको माला लगाई गाउँ घुमाउनुका साथै उनिहलाई दिशा खुवाएका छन् ।
हुम्ला सिमकोट गाउँपालिका वडा नं. ७ का गाधीराज शाही सोहि गाउँकी उनको भाउजु नाता पर्ने पाण्डीवी शाहीले अनैतिक यौन सम्बन्ध राखेको आरोपमा पाण्डीवी शाहीका श्रीमान सहित गाउँले मिलेर यस्तो गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा पाण्डीवीका श्रीमान सहित ८ जना गाउँलेहरुलाई प्रहरीले नियन्त्रणमा लिसकेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले बताएका ।
‘पाण्डीवी र गाधीराज शाहीको नाता देवरभाउजु पर्ने रहेछ प्रहरी नायव उपरिक्षक सुवेदीले भने,’ ‘अनैतिक सम्बन्ध राखेकै भए पनि गाउँले मिलेर उनिहरु मथि यस्तो खालको सामाजिक अपराध गर्नु थिएन,।’
आफुहरुले एक आपासमा मोबाईल फोन साटासाट गरेको सत्य भए पनि गाउँले लगाएको आरोपमा कुनै सत्य नभएको पाण्डीवी शाहीले जानकारी दिइन् । आफुहरु एक महिना अघिबाट फोन सम्पर्कमा रहेको भएपनि तर १५ गते साँझ त्यस्तो अनैतिक सम्बन्धमा आफुहरु नरहेको पनि उनले स्पष्ट पारेकी छन् ।
तर आफ्नो श्रीमान सहित गाउँलेहरुले आफुहरुलाई विहिवार अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरी गाउँमा नपुगुन्जेल सम्म कुटपिट गर्नुका साथै आफुहरुको कपाल मुडेर गाउँमा घुमाएको उनले आरोप लगाएकी छन् ।
गाउँले सबै मिलेर आफुलाई कुट्दा आफ्नो ज्यान भन्दापनि आफ्नो २ वर्षको छोरी र ४ वर्षको छोराको बारेमा चिन्ता भएको माण्डीवी शाहीले बताइन । पाण्डीवी शाहीले गाउँलले आरोप लगाएको राति आफु गाउँको नेत्र नाम गरेको घरमा सुतेको र त्यो समयमा श्रीमान लेख गएको जानकारी दिइन् ।
गाउँले ले आफुमाथि आरोप लगाएको राति २ बजे नै आफ्नो श्रीमान आफु सँगै आएर सुतेको पनि उनले बताएकी छन् । तर शुक्रवार देवर नाता पर्ने ती पुरुष सँग मोवाइल फोन साटिएको थियो । त्यो विहान थाहा हुने वित्तिकै आफु माथि र देवर नाता पर्ने ती पुरुष माथि यस्तो आरोप लागेको उनले बताइन् ।
‘जिल्ला प्रहरी कार्यालय हुम्लामा मेरो श्रीमान र गाउँहरुले हामीलाई अनैतिक सम्बन्ध राखेको अबस्थामा रंगेहात भेटाएको भनि प्रहरीलाई बयान दिएको रहेछन्, पाण्डीवी शाहीले भनिन्,’ ‘मलाई जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदिले भन्नु भएको छ,।’