सुर्खेत । कर्णाली प्रदेश राजधानि सुर्खेतमा रहेको विमानस्थल निर्माणको लागि कर्णाली प्रदेश सरकार र संघीय सरकार विच विहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिमानस्थलको विकास, बिस्तार र स्तरोन्नतिको काम संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानिमा अघि बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रेस सल्लाहाकार धुर्व बुढाथाकीले जानकारी दिए ।
उनका अनुसार संघीय सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहबरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट प्राधिकरणका महानिर्देशक राजन पोख्रेल विच विमान स्थल निर्माणको लागि समझदारी पत्रमा मा हस्ताक्षर भएको थियो ।
सुर्खेत बिमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक बर्षको लागि ५० करोड बजेट बिनियोजन गरिएको छ ।