सुर्खेत । दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य तथा युवा नेता तिर्थ सुनारले केपि शर्मा ओलिको असंवैधानिक कदमका बिरुद्ध शसक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।
उनले प्रतिगमनका बिरुद्ध भएको कार्यक्रममा बोल्दै असंवैधानिक कदमको भन्डाफोर गर्न कर्णाली प्रदेशका आमनागरिक तथा युवाले एकढिका भएर आन्दोलन गर्नुपर्ने बताए ।
सुनारले ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक नभएको भन्दै राजतन्त्रको झोला बोकेरै बयलगाडा चलाउने प्रतिगामी सोचलाई खरानी बनाउने बेला आएको बताए ।