सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका अध्यक्ष सचिवले विज्ञप्ती निकाल्दै जिल्लामा पार्टी एकताबद्ध रहेको सार्वजनिक गरेका छन् ।
अध्यक्ष वीरबहादुर कुँवर र सचिव तिर्थबहादुर बुढाले संयुक्त रुपमा बुधबार साँझ एक विज्ञप्ती निकाल्दै लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक संविधानको चिरहरण गर्ने गरि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको घोर भत्र्सना गरेका छन् ।
अध्यक्ष कुँवर र सचिव बुढाले निकालेको संयुक्त विज्ञप्तीमा भनिएको छ,''प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा चालिएको संसद विघटन जस्तो गैर संबैधानिक,अलोकतान्त्रिक र स्वच्छाचारी कदमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि जुम्ला घोर भत्र्सना गर्दछौं ।''
विज्ञप्तीमा माक्र्सवादमा बहुमतको मान्यता र अल्पमतको कदरको सिद्धान्त विपरीत अल्पमतले शासन चलाउने लोकतन्त्रको उपहास केपी ओलीले गरेकाले त्यसको चौतर्फी बिरोध गर्न आह्वान गरिएको छ ।
अध्यक्ष सचिवको संयुक्त विज्ञप्तीमा अदालतबाट असंवैधानिक कदम खारेज हुनेमा आफूहरु विश्वस्त रहेको कुरा पनि उल्लेख छ । जिल्लामा पार्टी एकतावद्ध रहेकाले कसैको भ्रममा नपर्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ ।
अध्यक्ष सचिवको संयुक्त विज्ञप्ती
