काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुने बताइएको छ । सो प्रस्तावमा ओलीलाई अध्यक्ष पदबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय भएको छ ।
यसअघि आजै बसेको ओली इतर समूहको स्थायी समिति बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।