चितवन । पछिल्लो समय मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अतिरिक्त सुल्क लिएको भन्दै संघर्ष गरिरहेको चिकित्सा शिक्षा संघर्ष समितीले अब मेडिकल माफिया विरुद्धको लडाई आफै लड्ने बेला आएको बताएको छ ।
चिकित्सा शिक्षा संघर्ष समितीका संयोजक डाक्टर प्रकाश चन्दले केहि दिन अघि मात्रै चितवन मेडिकल कलेजका संचालक हरिशचन्द्र न्यौपानेले विद्यार्थीबाट दोब्बर सुल्क दिएको थाहा पाएपछि विद्यार्थीहरुबाट दोब्बर सुल्क सत्य हो की होइन भनि सोधेका थिए । जवाफमा मेडिकल संचालक न्यौपानेले आफ्नो कलेजमा आफुले जे पनि गर्न पाउने भएकोले डाक्टर प्रकाश चन्दलाई यो विषयमा चासो नराख्न भनेका थिए ।
आइ.ओ.एम.ले तोकेको भन्दा भन्दा बढि सुल्क मेडिकल कलेजहरुले लिएको भन्दै एक बर्ष अघि देखि चिकित्सा शिक्षा संघर्ष समितीले आन्दोलन गर्दै आएको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डाक्टर प्रकाश चन्दले चिनवन मेडिकल कलेजका संचालक हरिशचन्द्र न्यौपानेलाई फोन गरेपछि विद्यार्थीहरुलाई लिन खोजिएको दोब्बर सुल्क मेडिकल कलेजले रोकेको डाक्टर प्रकाश चन्दले जानकारी दिए ।
‘२५ सयमा हुने काम ५ हजार तिर्नु पर्ने भनेर विद्यार्थीहरुलाई मेडिकल संचालकहरुले बाध्यता लगाएका रहेछन्, त्यसबारेमा मैले मेडिकल संचालक हरिशचन्द न्यौपानेलाई यसबारेमा बुझ्न खोज्दा उल्टो तिमिलाई यसबारेमा के मतलब भनेर प्रति प्रश्न गरे, ‘डाक्टर प्रकाश चन्दले भने, ‘विद्यार्थीहरुको हकहितको निम्ति म बलिदान दिन पनि तयार छु,।’
डाक्टर गोविन्द केसीलाई अनसन छोडेर सडकमा आउन आग्रह
विभिन्न माग राखेर अनसन बसेरहेका डाक्टर गोविन्द केसीलाई अनसन छोडेर सडकमा आउनको लागि डाक्टर प्रकाश चन्दले आग्रह गरेका छन् । यो सरकार र मेडिकल माफियाहरु अनसन बसेको केहि पनि नसुन्ने भन्दै यिनिहरुलाई विद्यार्थीहरुका माग र मेडिकल सम्बन्धिका मागहरुलाई सुनाउनको लागि सडक तताउन जरुरी भएको बताएका छन् ।
विद्यार्थीहरुले आव्हान गरेको खण्डमा आफु नेपालको जुनसुकै मेडिकल कलेजमा गएर विद्यार्थीहरुको हकहितको निम्ति आन्दोलन गर्न तयार रहेको भन्दै डाक्टर चन्दले मान्यता थापाको फेसबुक पेजबाट यस्तो बताएका हुन् ।
‘विद्यार्थीहरुको नियमित परिक्षा भएको छैन अघिल्लो सालको आन्दोलन गरेकै कारण केहि सुल्क मिनाहा भएको छ, ‘डाक्टर चन्दले भने, ‘मेडिकल माफियाहरुले विद्यार्थीहरु बाट पैसा लुट्दा राज्यको सबै निकाय चुप लागेर बस्ने गर्छ तर विद्यार्थीहरुले आन्दोलन गर्दा बल्ल यो भएन त्यो भएन भन्छ,। विद्यार्थीहरुलाई अरु केहि चाहिएको छैन नियम अनुसारको पैसा तिरेर पढ्न पाउनु पर्यो,।’
पहिलो बर्ष को परिक्षा नहुदै दोश्रो बर्षको पैसा दिन बाध्यता लगाउने मेडिकल माफियाहरुलाई तह लगाउनको लागि अब विद्यार्थीहरु आफैले लड्ने बेला आएको उनले बताएका छन् । विभिन्न बाहानामा विद्यार्थीहरुलाई दिइने धम्किका विरुद्धमा सरोकारवालाहरुले माफियाका विरुद्धको लडाईमा लाग्न सबैलाई आव्हान गरेका हुन् ।
‘बिद्यार्थीहरु माथि मेडिकल संञ्चालकहरुले गरेको अनावाश्यक दवाब हामीले गलत भनेका हौ, ‘डाक्टर चन्दले भने, ‘कोराना महामारीको बेला झन कर्मचारीहरुको तलब बढाउनुको साटो उल्टो माफियाहरुले मेडिकलको विभिन्न सुल्क मात्रै बढाएका छन,।’