सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको स्वास्थ्य अवश्था सामान्य रहेको छ । हुम्लाको सिमीकोट ३ लिमटाङ्गमा भएको कार्यक्रममा जाने क्रममा घोडाबाट लड्दा मुख्यमन्त्री शाहीलाई टाउकोमा चोट लागेको थियो ।
तत्कालै हेलिकोप्टरबाट उद्धार गरि मुख्यमन्त्री शाहीलाई सुर्खेत स्थित प्रदेश अस्पताल पुर्याइएको थियो ।
चिकित्सकहरुका अनुसार मुख्यमन्त्रीको स्वास्थ्य अवश्था सामान्य रहेको छ । चिकित्सकको सल्लाहअनुसार मुख्यमन्त्री शाही आफ्नो निवास फर्कनुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
प्रदेश सरकारबाट विनियोजित योजनाहरुको अनुगमन गर्ने क्रममा मुख्यमन्त्री शाही शुक्रबार हुम्ला पुग्नुभएको थियो ।