काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जनाएको छ ।बिहीबार मात्रै नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमणपछि निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् ।