काठमाडौँ । करिब ४ महिनाको बन्दाबन्दी सकिएर सरकारी तथा नीजि क्षेत्रका अधिकांश कार्यालयहरु, सार्वजनिक बसहरु खुलेपनि लामो दुरीका बसहरु अझै संञ्चालनमा आउन सकेका छैनन् । होटल, विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नै रहेका छन् । पहिला कोरोनाको डर थियो जोखीम कम थियो तर अहिले जोखीम बढी छ डर कम छ न त कुनै सुरक्षाको उपाय नै छ ।
शिक्षा मन्त्रालयले लकडाउनको कारण स्थगित भएका परिक्षाहरु असोज अगाडि नै गर्ने निर्णय गरेसंगै लाखौँ विद्यार्थीहरु थप अन्योलमा परेका छन् । पूर्वान्चल विश्वविद्यालयमा त विद्यार्थीहरु आन्दोलनमै उत्रिएका छन् । किनकी लामो लकडाउनले गर्दा मानसिक तनावबाट गुज्रिरहेका र गाँउगाँउमा पुगेका विद्यार्थीहरुको नियमित पठन पाठन ठप्प छ ।
कोभिड-१९ को जोखिम बढेसंगै सरकारले चैत ११ बाट लकडाउन जारी गरेको थियो । लकडाउनमा धेरै मानिस गाँउ फर्के त कति उपत्यकामै अलपत्र परेर बसे । त्यहीबिचमा सरकारले उपत्यकामा बसेकाहरुको लागि गाँउ जान लकडाउन खुकुलो गर्यो । पछि उपत्यका पुगेका सबै विद्यार्थीलगायत धेरै मानिसहरु गाँउगाँउमा पुगे ।
परिक्षा हुने सूचना जारी गरिएपछि विद्यार्थीहरु कसरी शिक्षण संस्थमा पुग्ने भन्ने थप अन्योलमा परेका छन् । बाढीपहिरोको कारण पहाडका सबै बाटोघाटो सडकहरु अवरुद्ध भएका छन् । भने तराईका अधिकांस ठांउहरु डुबानमा परेका छन् । कतिपय विद्यार्थीहरुको त आफ्नै घरसमेत डुवानमा परेको छ । त्यसले गर्दा गाँउगाँउमा भएका विद्यार्थीहरु शहर आउन सकिरहेका छैनन् ।
यता, परिक्षा हुने सूचना जारी भएको छ, विद्यार्थी भने गाँउगाँउमा छन् । आउनको लागि बसहरु भदौ १५ बाट मात्र संञ्चालनमा हुने भनिएको छ । यो बिचमा विद्यार्थीहरु कसरी आउने । मानसिक तनावमा गुज्रिएका विद्यार्थीले परिक्षा कसरी दिने ? एउटा सेमेस्टरको आन्तरीक मुल्यांकन गर्देमा के हुन्छ ? विद्यार्थीहरु न त आफु पढने कलेजको पहुंचमा छन् न त परिक्षाको तयारीमा नै । परिक्षा दिन विद्यार्थी जोखीम भएको गाँउबाट आउदा १४ दिन क्वारेन्टिन नबसी सिधै परिक्षा हल छिर्न पाउंछन् वा पाउंदैनन् ?
आज गाँउगाँउमा भएका विद्यार्थी परिक्षा दिन भनेर हिडेरै आइरहेका छन् । संक्रमित विद्यार्थीको स्वाव लिदा पोजेटिभ देखिएमा क्वारेन्टिन राख्ने कि परिक्षा हल ? लाखौ विद्यार्थीको संख्यामा परिक्षा लिदा एकजनामा पोजेटिभ भेटियो भने पुन परिक्षा बन्द गर्ने वा लाखौँ विद्यार्थीको जिम्मेवारी कसले लिने ? विश्वमै फैलिएको महामारीको कारण अन्य देशहरुमा पनि विद्यालय नखुलेका भने हैनन् तर बढदो संक्रमणमा कारण बन्द भएका हुंन् । महामारी वर्षोसम्म चलिरहन पनि सक्छ के जोखीम मोल्नुपर्ने विद्यार्थीले मात्र हो ? या त सरकारले विद्यार्थीको हितानुकुल भएर काम गर्छ ? यदि अहिले नै यो स्थितिमा परिक्षा गर्ने हो भने विद्यार्थीको परिक्षा नतिजा नेगेटिभ र कोरोनाको नतिजा पोजेटिभ देखिने निश्चित छ ।