सुर्खेत ।
कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा बित्तिय पूँजी खर्च गर्नेमा अब्बल बनेको छ। अन्य सातै प्रदेशका कृषि मन्त्रालयहरु मध्ये पनि खर्च गर्नेमा पहिलो भएको छ ।मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मा बित्तिय खर्च तर्फ ७७.२५ प्रतिशत खर्च गरेको छ । यो कर्णाली प्रदेशका अन्य मन्त्रालयले गरेको खर्चभन्दा बढी हो ।
कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्रालयले ६१.६८ प्रतिशत बित्तिय खर्च गरेको छ । त्यस्तै आन्तरीक मामिला तथा कानून मन्त्रालयलले ६१.१४ प्रतिशत,उद्योग पर्यटन तथा वन मन्त्रालयले ५९.४ प्रतिशत र भौतिक मन्त्रालयले ४३.४७ प्रतिशत खर्च गरेका छन् ।
त्यस्तै अन्य प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरुको खर्चको तुलनात्मक विश्लेषण गर्दा पनि कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पहिलो भएको छ । प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४८.९९ प्रतिशत खर्च गरेको छ ।
प्रदेश नम्बर २ को कृषि मन्त्रालयले २० प्रतिशत,बाग्मति प्रदेशले ५९ प्रतिशत,गण्डकी प्रदेशले ६६ प्रतिशत,५ नम्बर प्रदेशले ४१.५५ प्रतिशत र सुदूरपश्चिम प्रदेशले ६४ प्रतिशत खर्च गरेका छन् ।