काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार बिहान आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूले जीतेको घोषणा गरेका छन् ।
यसअघि उनले चुनावमा धाँधली भएको अपुष्ट दाबी गर्दै ट्वीटरमा लेखेका थिए, ‘उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका थिए,जो बाइडेनले जिते किनभने चुनावमा धाँधली भयो ।’
यसो भनेको एक घण्टापछि उनले तीन नोभेम्बरमा भएको मतदानलाई स्विकार नगर्ने बताए । ट्रम्पका प्रतिनिधिले केही महत्वपूर्ण राज्यमा मुद्दा दायर गरेका छन् तर आफ्नो दाबी प्रमाणित गर्नका लागि कुनै प्रमाण पेश गरेका छैनन् । अहिलेसम्म दर्ता गरिएका सबै मुद्दा असफल भइरहेका छन् ।
चुनाव अधिकारीले गत शुक्रबार भनेका छन्, ‘यो अमेरिकी इतिहासमा सबैभन्दा बढी सुरक्षित चुनाव रहयो जसमा भोटिङ प्रक्रियामा मत हराएको, फर्ने कोसिस गरिएको वा त्यसमा कुनै प्रकारको छेडछाड गरिएको भन्ने दाबीको कुनै प्रमाण भेटिएन ।
यी सबका बीच जो बाइडेन राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् ।
डेमोक्रेटिक पार्टीसँग इलेक्टोरल कलेजमा ३०६ भोट छ जबकी चुनाव जित्नका लागि २७० भोटको आवश्यकता पर्छ । यस्तोमा भोटको गन्ती दोस्रो पटक गरिए वा कुनै कानूनी झमेला देखिए चुनावको मूल नतिजामा परिवर्तनको सम्भावना देखिँदैन ।
पपुलर भोटमा पनि बाइडेन ५० लाखभन्दा बढी भोटले अघि छन् । यति हुँदा पनि अहिलेसम्म ट्रम्पले बाइडेनको जीत स्विकारिरहेका छैनन् ।