काठमाडौं । अहिले देशभरको मौसम बदली रही अधिकांश स्थानहरुमा बर्षा भइरहेको छ । मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भईरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १,२,५, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
प्रदेश १,प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।
त्यस्तै आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशााखाको भनाई रहेको छ।